• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ७ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १० घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १० घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • ११ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

देश दर्शन गर्दै ब्रह्माण्डीय महायज्ञको मौलो

जानकारी केन्द्र २०८०, माघ, १४

गलकोट (बागलुङ) । ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइएको छ । यसअन्तर्गत मौलोको आजको विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाम, देवघाट त्रिवेणी हुनेछ । बागलुङको प्रसिद्ध पञ्चकोट धाममा आयोजित महायज्ञको प्रचारसँगै सो महायज्ञमा देशैभरिबाट निमन्त्रणा दिनका लागि मौलो र कलशसहितको राष्ट्रव्यापी यात्रा सुरु भएको हो ।

यही माघ ७ गते एकादशीका दिन पञ्चकोटबाट सुरु भएको सो मौलो र मुख्य कलशसहितको यात्रा विभिन्न जिल्लामा पुगेको छ । ती जिल्लाका स्थानीयले मौलोको पुजन गरी साथै महायज्ञको मुख्य कलशमार्फत शान्तिस्वस्तीसहित आह्वान गरेर महायज्ञमा सबैलाई आमन्त्रण गर्ने गरिएको छ ।

पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र आह्वानमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ मा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराउने गरी राष्ट्रव्यापी कलश र मौलोयात्रा अभियान थालिएको हो ।

उक्त मौलो यहाँबाट म्याग्दी, पोखरा, तनहुँ, काठमाडौँदेखि हेटौँडा हुँदै पूर्वी चितवनतर्फ लागेको छ । त्यसअघि मौलोलाई पशुपतिनाथको दर्शन पनि गराइएको थियो । पशुपतिनाथमा मौलोको स्वागत र विदाइमा विशेष अनुष्ठान पनि सम्पन्न भएको थियो । आज चितवनको टाँडी, नारायणघाटदेखि गजेन्द्रमोक्षदिव्यधाम देवघाट पुग्ने कार्यक्रम रहेको छ ।

उक्त धान्याञ्चलको मौलो र कलशलाई धार्मिकस्थलसँगसमेत जोड्दै लगिएको छ । मौलोको स्वागतका लागि विभिन्न स्थानमा हिन्दू धर्मालम्बी ठाउँठाउँमा पुगेका छन् र मौलोको दर्शनका साथै कलशको जलको अभिषेक गरी त्यहाँबाट बिदाइ गर्ने गरेका छन् ।

मौलो र कलशयात्रा चितवनबाट बुटवल हुँदै माघ २० गते पञ्चकोट ल्याइने कार्यक्रम रहेको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिए । त्यसपछि विशेष पुजन र अनुष्ठान गरी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको मुख्य मौलो र कलशका रुपमा प्राणप्रतिष्ठा गरिनेछ ।

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा नेपालमै पहिलो पटक ब्रह्माण्डका सकल देवीदेवता तथा मठमन्दिर र तीर्थस्थलको आह्वान गरी सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । सो महायज्ञमा राखिने यो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिनेछ ।

स्वामी कमलनयानाचार्यले भने, “अनन्तश्री ब्रमाण्डीय महायज्ञमा मौलोको निकै ठूलो महत्व रहेको छ । त्यसैले उक्त ३१ फिट अग्लो मौलोको प्राणप्रतिष्ठा गरेर कलशसहित राष्ट्रव्यापी परिक्रमा पनि गराइएको छ । पञ्चकोटको महत्व झल्काउँदै, ब्रमाण्डीय महायज्ञमा सहभागी भई जीवनमा सबैभन्दा महत्वको पुण्य कमाउन सबै नेपाली नागरिकलाई आमन्त्रण गर्दै महायज्ञको सन्देश देशव्यापी दिनका लागि यो यात्राको आयोजना गरिएको हो ।”

उनले पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उनले जानकारी दिए ।

नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दूधर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पु¥याउने स्वामी कमलनयनाचार्यको भनाइ छ ।

पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले उक्त ब्रह्माण्डीय महायज्ञ वैदिक सनातन धर्मको विश्व इतिहासमै विशिष्ठ महत्व रहेको र यो विश्वकै नमुना महायज्ञ भएको पनि स्पष्ट गरे ।

पञ्चकोटमा हालसम्म गण्डकी माताको मन्दिर, गरुणशिलालगायतका दर्जनौँ मन्दिरमा ५० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणमात्रै ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । उक्त कलश विद्युतीय भ¥याङसहित १० तलाको हुनेछ । सो कलश विश्वमा जलसम्पदाको संरक्षण गर्नुपर्ने विशिष्ट सन्देश विश्वव्यापी दिनका लागि निर्माण गर्न लागिएको हो ।

महायज्ञमा सवा लाख नरिवल हवन हुनेछन् । ती हरेक नरिवलमा ५४ प्रकारका विभिन्न हवनीय पदार्थको मिश्रण गरी हवन गरिनेछ र यसमा सहभागितका लागि सबैलाई आह्वान पनि गरिएको छ । महायज्ञमा दैनिक १५ हजार भक्तजन पुग्ने विश्वास लिइएको छ । पञ्चकोटमा नै भक्तजनको आवास, खाना, सुरक्षा र प्रसादलगायतको प्रबन्ध मिलाइएको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिए ।

महायज्ञमा सङ्कलन भएको दानबाट कलशसँगै पञ्चकोटका अन्य भौतिक संरचनासमेत निर्माण हुनेछन् । महायज्ञका लागि ठाउँठाउँमा स्वागतद्वार तयार भइरहेको र पञ्चकोटमा अस्थायी संरचना धमाधम तयार भइरहेको बागलुङ नगरपाकिला–५ पञ्चकोटका वडाअध्यक्ष रुद्र केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.