माघ २० देखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो सातामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण कार्य रहला । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो सातामा परिवारजनको साथले नयाँ आशा पलाउनेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ । साताको मध्यमा शेयर बजारले साथ नदेला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु राम्रो होला । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभ कार्यमा सरिक भइनेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । पुँजी बजारको लगानीमा पनि विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । कुनै कुराले मनखुसी र प्रसन्न पनि रहनेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो हप्ता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शेयर बजारले पनि साथ दिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सातामा प्राविधिक काममा बढी सफलता मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । आँटेको र ताकेको कार्य पुरा हुन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता धार्मिक क्षेत्र र रमणीय यात्राको योग छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । झैझमेलाको अवस्था आउला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

