गुल्सनबारे कप्तान देवले भने: उसले नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको बिर्सिनु हुँदैन
काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ ।
आज मध्यान्न स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ेल समर्थक र क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान देव खनालले आफूले सोचेजस्तो नभएपनि नेपालका लागि यो ठूलो मौका भएको बताए । उनले प्रतियोगितामा आफू छिट्टै आउट भएकोमा पनि दुख व्यक्त गरे । खनालले भने, ‘मैले सबै म्याचमा राम्रो स्टार्ट पाएँ । तर ठूलो स्कोर बनाउन सकिनँ । हरेक पटक ३०–३५ रनमा आउट भएँ । यसबाट चाहिँ एकदमै निराश छु ।’
प्रतियोगीतामा नेपाली टिमबाट आशा गरिएका गुल्सन झा जस्ता खेलाडीको बलिङ र ब्याटिङ दुवै नचलेको भन्दै भईरहेको आलोचनाबारे खनालले गुल्सन नेपाली टिमको महत्वपूर्ण खेलाडी भएका बताए । उनले गुल्शनको पनि बलिङ राम्रो भएको र ब्याटिङ नचलेपनि उस्लेनै नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको कुरा भुल्न नहुने बताए ।
खनालले भने, ‘आकाश, सुभास, अर्जुनले राम्रो गरे । गुल्शनको पनि बलिङ राम्रो भयो । उसको ब्याटिङ अलिकति चलेन । तर, सधैँ चल्छ भन्ने पनि हुँदैन । गुल्शन नेपालको महत्त्वपूर्ण खेलाडी हो । उसले नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको बिर्सिनु हुँदैन ।’
विश्वकप खेलेर फर्किएका गुल्सन झाले नेपालले विश्वकपमा राम्रो खेलेको बताए । तर, आफ्नो प्रदर्शनबाट भने सन्तुष्ट नरहेको सुनाए । उनले विश्वकपमा ५ खेलमा २५ रन बनाएका थिए । बलिङमा भने उनले औसत प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

