कांग्रेस नेताहरूले समयअगावै प्रधानमन्त्री अफर गरेपछि माधव नेपाललाई तनाव, प्रचण्डको ध्यान ओलीतिर
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तहकै नेताहरुबाट प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ। यसरी प्रधानमन्त्री दाहालको तत्काल विकल्प खोज्नुपर्ने आवाज शेखर कोइराला, शशांक कोइराला र विमलेन्द्र निधिले उठाएका छन् ।
शशांक र निधिले त प्रधानमन्त्री दाहालको विकल्प खोजिनुपर्ने र अबको सरकारको नेतृत्वमा माधव नेपाललाई स्थापित गरिनुपर्ने भनेर सार्वजनिक रुपमा बोलेका छन् । कांग्रेसको पदाधिकारी तहका नेताहरुबाट यस्तो अभिव्यक्ति दिएपछि सत्ता गठबन्धनमा हलचल पैदा भएको छ । कतिसम्म माधव नेपालले अहिले प्रधानमन्त्री प्रचण्डको विकल्प खोज्नुपर्ने बेला नभएको भनेर स्पष्टीकरण दिनुपरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले त कांग्रेसका नेताहरुबाट माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि विरोध गरेका थिए । उनले माधव नेपाललाई स्वतन्त्र सांसदको संज्ञा दिँदै यसरी स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत हुने भन्दै आलोचना गरेका हुन् ।
प्रधानमन्त्री दाहालले पनि आफ्नो विकल्प खोज्ने र समयअघि नै माधव नेपालको नाम एक्सपोज गरेपछि कांग्रेसका नेताहरुसँग बिच्किएका छन् । यो बीचमा उनले एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्नेगरि आफूलाई मुभ गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको लागि प्रचण्डले आफ्नो दलको दाबी रहने भनेर कांग्रेसविरुद्ध फायर खोलेका छन् ।
राष्ट्रियसभाको निर्वाचनअघि सत्ता गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिने र त्यसको लागि कृष्णप्रसाद सिटौलाको नाम नै सार्वजनिक भएको थियो । तर, राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको माओवादीको निश्कर्ष छ ।
यसैलाई आधार बनाएर माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गर्नुपर्ने आवाज उठाउन थालेको छ । ओलीसँग प्रचण्डको निरन्तर सम्वाद भैरहेको छ । उनीहरुबीच टिआरसी टुँगो लगाउने विषयमा छलफल भएको बताईएपनि अन्र्तयमा सत्ता–सहकार्यबारे पनि छलफल भएको स्रोतको दाबी छ ।
कांग्रेसका नेताहरुको भूमिकाको कारण सत्ता गठबन्धन भत्किनसक्ने माधव नेपालको अनुमान छ । सत्ता गठबन्धनमा प्रधानमन्त्रीको रुपमा प्रचण्डले अझै एक वर्ष नेतृत्व गर्ने सहमति छ । त्यसपछि माधव नेपालको पालो आउनेछ । तर, कांग्रेस नेताहरुको कारण गठबन्धन नै टुट्ने र एमालेले पनि आफूलाई रोक्नको लागि जस्तोसुकै कदम चाल्नेबार जानकार माधव नेपाल अहिले तनावमा छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

