दोस्रो त्रिकोणात्मक शृङ्खला आजदेखि, पहिलो खेलमा नामिबियासँग खेल्दै नेपाल
काठमाण्डौ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक लिग–दुई को शृङ्खला आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै,९ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ । सबै खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजे हुनेछन् ।
यसअघि क्यानडासँग भएको एकदिवसीय शृङ्खलामा राम्रो प्रदर्शन गरेको भन्दै अनिल शाह र भीम सार्की आईसीसी लिग–२ को क्रिकेट शृङ्खलाका लागि टोलीमा समेटिएका छन् । टोलीमा दुई परिवर्तनसहित १५ सदस्यीय नयाँ टोली घोषणा गरिएको छ । यसअघि टोलीमा परेका रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।
लिग–२ को खेलमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ छन् ।
यसअघि क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको थियो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

