महिला फुटबलमा इराकविरुद्ध नेपालको फराकिलो जित
जानकारी केन्द्र
२०८०, फाल्गुन, ११
काठमाडौँ । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । गएराति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा सबै गोल सावित्राले गरेकी हुन् । उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् ।
दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । यसअघि पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । लगातार दोस्रो हार ब्योहरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ ।
इराक यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको थियो । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

