काठमाडौँ । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । गएराति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा सबै गोल सावित्राले गरेकी हुन् । उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् ।
दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । यसअघि पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । लगातार दोस्रो हार ब्योहरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ ।
इराक यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको थियो । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।