पार्टी फुटाएको गल्ती स्वीकार नगरेसम्म ओलीले माधव-झलनाथलाई एमालेमा नभित्र्याउने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नेहरुलाई यत्तिकै पार्टीमा नफर्काउने भएका छन् ।
बिहीबार मधेश प्रदेश सभाका पूर्वसांसद सहितका नेताहरुलाई पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सग्लो एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले एमालेमा आउनुअघि आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बताएका छन् ।
‘उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’
ओलीले आज पूर्व प्रदेश सभा सदस्य तथा आम जनता पार्टीका उप महासचिव कुन्दन कुस्वाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरीलगायतलाई एमाले प्रवेश गराएका थिए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

