Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

चर्चित महिला नेतृ सुनीता साहसहित प्रभावशाली व्यक्तिहरु आजपा प्रवेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १२
चर्चित महिला नेतृ सुनीता साहसहित प्रभावशाली व्यक्तिहरु आजपा प्रवेश

काठमाडौं । तत्कालीन फोरम नेपालकी संस्थापक नेत्री तथा तराई मधेश महिला फाउन्डेशन, नेपालकी अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) सहितका नेताहरु आम जनता पार्टी प्रवेश गरेका छन् । नेतृ साहसहित रिसर्चर तथा समाजसेवी वसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका लोकप्रिय एवं प्रभावशाली व्यक्तित्वहरुले आजपा रोजेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए ।

प्रवक्ता साहले पश्चगामी र यथास्थितिवादी शक्तिहरुले मुलुकलाई दुर्दशापूर्ण अवस्थामा पुर्याएको र वर्तमान संकटबाट देशलाई निकाश दिन अग्रगामी शक्तिको मुल धारको रुपमा आजपा नै एकमात्र ठोस विकल्प रहेको निश्कर्षसहित उनीहरु आजपा प्रवेश गरेको बताए ।

नवप्रवेशीहरुलाई आजपा अध्यक्ष प्रभु साहले खादा र अविर लगाइदिएर पार्टीमा स्वागत गरेका थिए । उनले नवप्रवेशीहरुलाई उज्जवल राजनीतिक भविष्यको शुभकामनासहित आजपा रोजेकोमा बधाइसमेत दिए ।

 

Top Changing Nepal

युट्युब सट्स