शनिबार शनि देवलाई प्रसन्न गराउन पूजा कसरी गर्ने ?
निदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।
ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।
शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ । ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ ।
शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।
यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् । विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।
१. भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने ।
२. पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
३. खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
४. शनिबार कालो तिल दान गर्नुहोस्।
५. शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
६. छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।
७. शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


