आयरल्यान्ड ‘ए’ ले दियो नेपाललाई १२२ रनको सामान्य लक्ष्य
जानकारी केन्द्र
२०८०, चैत्र, १२
काठमाडौं । आयरल्यान्ड ए ले नेपाललाई १२२ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १२१ रन जोड्यो।
उसका लागि स्टीफन डोहेनीले २८ बलमा ३९ रन जोडे भने लियाम म्याककार्थी र थोसम मेयसले समान १६ रन जोडे । त्यस्तै फिन ह्यान्डले ११ रन थपेको खेलमा निल रक र ग्यारेथ डेलानीले समान ५ रन जोडे ।
बलिङतर्फ नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले समान २ तथा कुशल मल्ल र करण केसीले समान १ विकेट लिए ।
नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

