इलाम-२ का आकांक्षीलाई रविले बोलाए वनस्थली
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उम्मेदवार आज तय गर्ने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले उम्मेदवारका सातै जना आकांक्षीलाई पार्टी मूख्यालय वनस्थली बोलाएका छन् ।
रास्वपामा इलाम-२ को प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा।शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो। रास्वपाले उनीहरू मध्येबाट एक जनालाई उम्मेदवार बनाउने छ ।
रास्वपाले एक साता अघिमात्र माओवादी केन्द्र त्यागेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ। इलाम २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि नेकपा एमालेले सुवासपुत्र सुहाङलाई अघि सारेको छ । नेकपा एकीकृत समाजादीले जितबहादुर राई, राप्रपाले लक्ष्मी गुरुङ र पहिचानवादीले डेकेन्द्रसिंह थेगिमलाई मैदान उतार्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गर्न सकेका छैनन्।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

