काठमाडौँ। टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का लागि आरिफ शेखले तेस्रो विकेट लिएका हुन् । उनले आयरल्याण्ड ‘ए’ का पिटर मूरलाई ४९ रनमा आउट गरेका हुन्। यसअघि सागर ढकाल र कमल सिंह ऐरीले नेपालका १–१ विकेट लिए ।
टस जितेर नेपाल ‘ए’ ले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


