• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ७ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • २१ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • २३ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. देशभर पश्चिमी वायु, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : कहाँ–कहाँ आज छ वर्षाको सम्भावना ?

  • ४. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ८. सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय

  • ९. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८१ सालमा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, चैत्र, २९

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ फलदायक वर्ष रहेको छ । बृहस्पति, शनि र केतु शुभ रहनाले सुखसँग जीवन यापन गर्न सकिने छ । आम्दानी बढ्ने, आम्दानीका नयाँ अवसर प्राप्त हुने र नयाँ कामको सुरुवात हुनेछ । राहु अशुभ रहनाले अनावश्यक खर्च बढ्ने र मुद्धामामिला आदि झमेलामा फस्नु पर्नेछ । वैशाखमा स्थान परिवर्तन र यात्रा, जेष्ठमा हानिनोक्सानी बढ्ने, असारमा धन प्राप्त र सुख हुने, श्रावणमा स्वास्थ्य समस्या, भाद्रमा र्आिर्थक संकट, आश्विनमा शत्रुमाथी विजय, कार्तिकमा धन नास, मंसिरमा स्वास्थ्य सम्बन्धी समस्या, पुसमा पापकर्ममा मन बढ्ने, माघमा काम बन्नुका साथै धन लाभ हुने, फागुनमा अप्रत्याशित धन लाभ भएपनि चैतमा धन नास र पीडाका साथै डरत्रासको अवस्था सिर्जना हुनेछ । पठन पाठन अधुरै रहने सम्भावना बढेको छ । नोकरीमा मान बढ्ने छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै प्रशस्तै लाभ हुनेछ । यस वर्ष धार्मिक तीर्थस्थलहरुको यात्राका साथै परिवारमा मांगलिक कार्य हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सामान्य फलदायी वर्ष रहेको छ । राहु एकादश रहनाले सुख सन्तोष बढ्नेछ । शत्रु बढेपनि आफ्नै जीत हुनेछ । बृहस्पति शनि र केतु यस वर्ष प्रतिकुल रहनाले दुख बढ्नेछ । अनावश्यक धनको क्षति समेत हुनेछ । शत्रुहरुले दुख दिनेछन् र विभिन्न अरिष्टको समेत भय रहेकोले उक्त ग्रहहरु शान्ति गर्नु राम्रो हुन्छ । वैशाखमा धन नास र पिडा, जेठमा स्थान परिवर्तन र लामो यात्रा, असारमा प्रतिकुल स्वास्थ्य । हानि, श्रावणमा सुख र धन प्राप्ति, भाद्रमा रोगभय, असोजमा आर्थिक संकट, कार्तिकमा शत्रुनाश र सुख, मंसिरमा यात्रा र खर्चवृद्धि, पुसमा स्वास्थ्य सम्बन्धी समस्या, माघमा पाप कर्ममा मन जानाले मानहानि, फागुनमा हरेक काममा सफलता र सुख र चैतमा धनधान्य वृद्धिका साथै सुख सन्तोष मिल्नेछ । नोकरीमा स्थानान्तरणका साथै मानवृद्धि हुनेछ । आलस्य वृद्धिले पठनपाठन कमजोर रहनेछ । वैदेशिक कामहरु अधुरै रहनेछन । पशुव्यवसाय र सवारी साधनको नोक्सानी हुनेछ । यस वर्ष परिवारमा बढोत्तरी हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सामान्य फलदायी वर्ष रहेको छ । राहु अनुकुल रहनाले शत्रुमाथी विजय प्राप्त हुने र सुख सन्तोष मिल्नेछ । शनि, केतु बृहस्पति अशुभ रहनाले भय, डर,त्रासले सताउनेछ । धननासका साथै पापकर्ममा मन बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढ्नुका साथै तनाव दिनेछ । अशुभ फलदायी ग्रहहरुको शान्ति गर्नु राम्रो हुन्छ । वैशाखमा अप्रत्याशित धन लाभ, जेठमा दुखकष्ट सहित अत्यधिक खर्च, असारमा स्थान परिवर्तन र यात्रा, साउनमा हानी नोक्सानी बढ्ने, भाद्रामा धनलाभ, असोजमा स्वास्थ्य सम्बन्धी समस्या, कार्तिकमा आर्थिकमा आर्थिक संकट, मंसिरमा शत्रुनास, पुसमा मानहानी र पापकर्ममा मन जाने, माघमा स्वास्थ्य बारे चिन्ता, फागुनमा इष्र्या डाह गर्नेको संख्यामा वृद्धि र चैतमा हरेक काममा सफलता मिल्ने देखिन्छ ।यस वर्ष नयाँ कामको थालनी र वैदेशिक यात्राको अवसर मिल्नेछ । पाठनपाठनमा सफलता प्राप्त गर्न कठिन देखिन्छ । पशु व्यवसायबाट लाभ मिल्नुका साथै सामाजिक प्रतिष्ठा समेत मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभ समय रहेको छ । बृहस्पति र केतु शुभ रहनाले पराक्रम बढ्ने, आफ्नो पेशाबाट प्रशस्तै लाभ हुने र शुख समेत बढ्नेछ । तर यो वर्ष राहु र शनि अशुभ फलदायी रहनाले भय, डरत्रासको अवस्था रहने, शत्रुहरु बढ्ने, अनावश्यक खर्च बढ्ने र पापकर्ममा समेत मन जाने डर रहनेछ । अतस् शुभ फल प्राप्तिका लागि शनि र राहुको शान्ति गर्नुपर्ने देखिन्छ । वैशाखमा धेरै काम बन्ने र सुख बढ्ने, जेठमा अप्रत्याशित धनलाभ, असारमा धननाशका साथै पीडा, साउनमा स्थान परिवर्तन र यात्रा, भाद्रमा हानीनोक्सानी बढ्ने, असोजमा शत्रुनाश र सुखप्राप्ति, कार्तिकमा स्वास्थ्य समस्या र मानहानी, मंसिरमा आर्थिक संकटका साथै हानि, पुसमा शत्रुनाश र सुखवृद्धि, माघमा व्यर्थको यात्रा र धननाश, फागुनमा स्वास्थ्यबारे चिन्ता र चैतमा पापकर्ममा मन बढ्नाले मानहानि हुनेछ । यो वर्ष व्यापारबाट सामान्य लाभ हुने देखिन्छ । नोकरीमा मान बढ्नेछ । यो वर्ष दाम्पत्य सुखका साथै सन्तानसुख समेत मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सामान्य समय चलेको छ । यो वर्ष वौद्धिक क्षेत्रका काम बन्ने र पठनपाठन राम्रो रहनेछ । बृहस्पति, शनि, राहु र केतु ग्रह यो वर्ष अशुभ फलदायी रहनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य क्षेत्र पनि कमजोर रहनेछ । शत्रुहरुले दुख दिनेछन । साथै मानसम्मानमा समेत असर पर्ने भएकाले अशुभ फलबाट बच्न उक्त ग्रहहरुको दान, जप, पुजापाठ आदि शान्ति कर्म गर्नुपर्ने देखिन्छ । वैशाखमा मानहानि,जेठमा सुख बढ्ने र काम सफल हुने, असारमा धन र सुख मिल्ने, साउनमा धन नाश सहित पिडा हुने, भदौमा यात्रा र स्थान परिवर्तन हुने, असोजमा नोक्सानी बढ्ने, कार्तिकमा सुख र धन लाभ हुने, मंसिरमा रोगले दुख दिने, पुसमा आर्थिक संकट, माघमा धेरै काम बन्नुका साथै धनलाभ समेत हुने, फागुनमा लामोयात्रा, खर्चमा वृद्धि र चैतमा पीडा र शत्रुहरु बढ्नेछन् । पशुपालन व्यवसाय, सामाजिक काम र नोकरी सन्तोषजनक रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सुभ समय रहेको छ । बृहस्पति र शनि शुभ रहेकाले पठन पाठन राम्रो रहनेछ । धार्मिक कृत्यहरु बढ्नेछन । भाग्य उदय हुने अवसर मिल्नेछ । सुख सन्तोष बढ्नेछ । व्यापार व्यवसाय फस्टाउने छ । तर यस वर्ष राुह र केतुु अशुभ रहनाले आर्थिक संकट, रोगभय र हानि नोक्सानी समेत बढ्नेछ । वैशाखमा स्वास्थ्य सम्बन्धी चिन्ता, शत्रु लाग्ने, जेठमा पापकर्ममा मन जाने र हानी हुने, असार र साउनमा काम बन्ने, सुख र धनमा वृद्धि हने, भदौमा चोटपटकको डर, हानी नोक्सानी भएपनि असोजमा लामो यात्रा र स्थान परिवर्तन हुनेछ । कार्तिकमा धन नास भएपनि मंसिरमा आकस्मिक धनलाभ, पुसमा पारिवारिक स्वास्थ्यमा खर्च वृद्धि, माघमा धननाश र सन्तानसम्बन्धी चिन्ता, फागुनमा सख र शत्रुनाश र चैतमा लामो यात्रा गर्नुपर्ने र पारिवारिक समस्याले सताउनेछ । यो वर्ष व्यापार व्यवसाय, वैदेशिक क्षेत्र र नोकरीबाट राम्रो लाभ हुनुका साथै सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मध्यम समय रहेको छ । राहु शुभ रहनाले आम्दानीका स्रोत बढ्ने, लक्ष्मी प्राप्त हुने र सुख सन्तोष मिल्नेछ । यो वर्ष वृहस्पति, शनि र केतु अशुभ रहनाले स्वास्थ्यमा पिडा, भयत्रास र शत्रु वृद्धि, चोट पटकको भय, धन हानि र सन्तानबाट समेत चिन्ता थपिनेछ । अतः शनि, गुरु र केतुको शान्ति गरेमा शुभ फल प्राप्त हुनेछ । यो वर्ष वैशाखमा लामो यात्रा र खर्च वृद्धि, जेठमा स्वास्थ्य सम्बन्धी समस्या र पारिवारिक चिन्ता, असारमा पाप कर्ममा मन जानाले मान सम्मानमा असर पर्ने, साउनमा कार्य सफलता र सुख बढ्ने, भदौमा धन र सुख दुवै मिल्ने र असोजमा खर्च वृद्धि र पीडा खप्नुपर्नेछ । त्यस्तै कार्तिकमा स्थान परिवर्तन तथा यात्रा, मंसिरमा हानी नोक्सानी बढ्ने, पुसमा सुख प्राप्ति र अप्रत्याशित धन लाभ, माघमा माननाश, स्वास्थ्य सम्बन्धी समस्या, फागुनमा आर्थिक संकट र चैतमा सुखभोग वृद्धि र शत्रुनाश हनेछ । पठनपाठन कार्य यो वर्ष कमजोर र अधुरो रहेपनि वैदेशिक क्षेत्रको काम बन्नुका साथै लाभ समेत हुनेछ । नोकरी सामान्य रहेपनि व्यापारिक क्षेत्रबाट राम्रै लाभ मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभ समय रहेको छ । बृहस्पति र केतु शुभ रहनाले सामाजिक क्षेत्र तथा नोकरीमा मान सम्मान मिल्नेछ । कीर्ति बढ्नुका साथै राम्रै आर्थिक लाभ समेत हनेछ । तर यो वर्ष शनि र राहु अशुभ भएकाले शत्रुवृद्धि पीडा, भयत्रास र हानीनोक्सानी समेत खप्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी केही समस्या आएपनि पारिवारिक सुख मिल्नेछ । व्यापार व्यवसाय गर्ने व्यक्तिले राम्रो नाफा कमाउने छन । सन्तान टाढिने र चिढिने चिन्ता रहेपनि वैदेशिक क्षेत्रबाट समेत अतिरिक्त लाभ मिल्नेछ । वैशाखमा सुख वृद्धि र शत्रुनाश, जेठमा खर्च वृद्धि र लामो यात्रा, असारमा पापकर्ममा मन जानाले इज्जतमा आँच आउने, साउनमा स्वास्थ्य सम्बन्धी चिन्ता, भाद्रमा कार्यसिद्धिका साथै सुख वृद्धि, असोजमा धनप्राप्ति, कार्तिकमा धन नाश, मंसिरमा आँखा सम्बन्धी समस्या र स्थान परिवर्तन, पुसमा हानि र खर्च वृद्धि, माघमा सुख वृद्धि र धन लाभ, फागुनमा स्वास्थ्यसम्बन्धी समस्या र मानहानि, चैतमा आर्थिक संकट व्यहोर्न पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मध्यम समय रहेको छ । शनि शुभ रहनाले सुख बढ्नेछ । आर्थिक लाभका थुप्रै काम बन्नेछन । तर यो वर्ष राहु, केतु र वृहस्पति अशुभ रहेकाले दुःख आफन्तसँग बिछोड, शत्रु वृद्धि र स्वास्थ्य सम्बन्धी समस्याले समेत सताउने भएकाले शुभफल प्राप्तिका लागि उक्त ग्रहहरुको शान्ति गर्नुपर्ने देखिन्छ । नोकरीमा थुप्रै अपजस खप्नुपर्ने र स्थानान्तरण समेत हनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ हनेछ । यो वर्ष वैशाखमा हानी र आर्थिक संकट, जेठमा शत्रुनाश र सुख प्राप्ति, असारमा धननाश र लामो यात्रा, साउनमा स्वास्थ्यका क्षेत्रमा खर्चवृद्धि, भदौमा मानहानि, असोजमा कार्य सफलता र सुख, कार्तिकमा अप्रत्यासित धन लाभ, मंसिरमा खर्चवृद्धि सहित पीडा, पुसमा यात्रा र स्थान परिवर्तन, माघमा हानी नोक्सानी बढ्ने, फागुनमा सुख बढ्नुका साथै धन लाभ हुने र चैतमा मानहानीका साथै रोगले समेत दुःख दिनेछ । यो वर्ष व्यापारबाट सामान्य लाभ भएपनि पठनपाठन कार्यमा सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
शुभ समय रहेको छ । राुह र वृहस्पति शुभ रहनाले हरेक क्षेत्रबाट सुखको अनुभव मिल्नेछ । आम्दानी पनि कर्म अनुसार पाइनेछ । स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ । तर कुेत र शनि अशुभ रहेका कारण आर्थिक संकट भोग्नु पर्ने, पापकर्मतिर मन जाने र अशुभ खबरहरुले मनमा अशान्ति समेत हुने भएकाले शनि र केतुको शान्ति गर्नुपर्ने देखिन्छ । यो वर्ष वैशाखमा स्वास्थ्य सम्बन्धी समस्या र मानहानि, जेठमा धननाश, शत्रुवृद्धि, असारमा शत्रुनाश र सुखप्राप्ति, साउनमा लामो यात्रा र खर्चवृद्धि, भदौमा चिन्ता र रोग लाग्ने, असोजमा गलत काममा मन जानाले मान घट्ने, कार्तिकमा सख र कार्य सफलता, मंसिरमा धन लाभ र सुख मिल्ने, पुसमा अत्याधिक धननाशले चिन्ता बढाउने, माघमा यात्रा र स्थान परिवर्तन, फागुनमा हानीनोक्सानी बढ्ने र चैतमा अप्रत्यासित धनलाभ हनेछ । वैदेशिक क्षेत्रबाट लाभ भएपनि वैदेशिक क्षेत्रको काम अधुरै रहनेछ । पठनपाठनमा सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामान्य फलदायी वर्ष रहेको छ । कृषि क्षेत्र र व्यापारबाट लाभ हुनेछ । वर्षारम्भमा आँखाको समस्याले सताउने छ । अध्ययन अध्यापन कार्य मध्यम गतिमा चल्नेछ । वैदेशिक क्षेत्रका कामबाट राम्रो नाफा समेत मिल्नेछ । यो वर्ष वृहस्पति, शनि, राहु, र केतु ग्रह अशुभ रहनाले पीडा, भय, धनहानी, निर्धनता जस्ता अशुभ फल बढ्ने हनाले शुभफल प्राप्तिका लागि उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नपर्ने देखिन्छ । वैशाखमा आर्थिक लाभ,जेठमा स्वास्थ्य सम्बन्धी समस्या र मानहानि,असारमा धननाश, साउनमा शत्रुनाश र सुख, भदौमा खर्चवृद्धि र लामो यात्रा, असोजमा रोगवृद्धि, कार्तिकमा पापकर्म बढ्ने र मानहानि, मंसिरमा काम बन्ने र सुख, पुसमा लाभवृद्धि र सुख, माघमा पीडा र धननाश, फागुनमा स्थान परिवर्तन र चैतमा हानीनोक्सानी बढ्नेछ । यो वर्ष पशुपालन र कृषि क्षेत्रमा लागेका व्यक्तिहरुले राम्रो नाफा कमाउनेछन । सामाजिक काममा विवाद खप्नु परे पनि नोकरीमा मान सम्मान मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सामान्य फलदायी वर्ष रहेको छ । पठनपाठनमा सफलता मिल्नेछ । भूमिवाहनको सुख प्राप्त हनेछ । नोकरीमा थुप्रै अपजस खप्नु परे पनि मान बढ्ने र जिम्मेवारी बद्लिनेछ । दाम्पत्य जीवनमा थोरै विश्वासको संकट देखा पर्नेछ । यो वर्ष बृहस्पति, शनि, राहु र केतु ग्रह अशुभ फलदायी रहेका छन । डरत्रासको अवस्था, स्वास्थ्यमा बाँधा, हानीनोक्सानी बढ्ने, कष्ट बढ्ने र नसोचिएका अशुभ घटनाहरुको समेत सामना गर्नुपर्ने भएकोले शुभ फल प्राप्तिका लागि उक्त ग्रहहरुको शान्तिकर्महरु गर्नपर्ने देखिन्छ । अन्यथा झुट्टा आरोप लाग्ने, बन्धनमा पर्ने, धनको नाश हुनेसमेत फल भोग्नु पर्नेछ । वैशाखमा हानीनोक्सानी बढ्ने, जेठमा धनलाभ र सुख हने, असारमा मानहानि र स्वास्थ्य सम्बन्धी समस्या हुने, साउनमा आर्थिक संकट र ऋणवृद्धि, भदौमा शत्रुनाश र लाभ, असोजमा धननाश र यात्रा, कार्तिकमा रोगवृद्धि, मंसिरमा पापकर्ममा मन जानाले मान घट्ने, पुसमा काम बन्ने र सुख वृद्धि, माघमा धन लाभ हुने, फागुनमा खर्चवृद्धि, पीडा र चैतमा स्थान परिवर्तन हनेछ । (अधिक जानकारीका लागि 977-9842219735)

ज्यो.पं. हरिप्रसाद भण्डारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.