महोत्तरीमा २० केजी गाँजासहित २ जना पक्राउ
महोत्तरी । महोत्तरीको बर्दिवासबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउबाट २० केजी ९७४ ग्राम गाँजासहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय कलाम अनसारी र बर्दिवास १० बस्ने ४० वर्षीय पदम स्यांतान रहेका छन् । इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन जना भागेका थिए ।
सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानियको रोहवरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।
फरार अर्को व्यक्तिको खोजी भईरहेको छ भने पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थपी ईलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

