नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्रीसंग छलफल
काठमाडौ, २ बैशाख ।। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री बर्षमान पुनसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गर्दे नाडाले आर्थिक बर्ष २०८१/८२ का सन्दर्भमा तयार गरेको सुझावहरु समेत पेश गर्नु भयो । यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने २० बुंदे नीतिगत सुझावहरु समेत प्रस्तुत गर्नु भयो ।
सो छलफलको क्रममा खाशगरी Make in Nepal को अवधारणा अनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोवाइल व्यवसायीहरुले अत्यधिक रुपमा
सवारी साधनहरु उत्पादन गर्ने CKD Plant स्थापना गर्दै लगेको र औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगिहरुको मनोबलमा बृद्धि र यसलाई दिर्घकालिन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महशुलमा दिइएको छुटको व्यवस्था लामो समयसम्म कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनु पर्ने र यस्तो व्यवस्था भएमा उद्यमीहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुने र सरकारले सवारी साधनहरुको नेपाल मै उत्पादनका लागि प्रोत्साहीत गर्न महशुल दरमा परिवर्तन नगर्दा दिर्घकालिन नीति तयार गर्नु सहज हुनेछ भन्ने सुझाव राखिएकोमा माननीय मन्त्रीज्यूबाट यस विषयमा विशेष चासो र जिज्ञाशा राख्नु भयो ।
त्यसैगरी त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio मा हाल ५० प्रतिशतको सिमा तोकिएको छ, जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले Loan to Value ५०५ बढाएर ७५५. पु¥याउनु पर्ने सुझाव राखिएकोमा यसबारे सरकारले गम्भिरतापूर्वक विचार गर्ने बताउनु भयो ।त्यसैक्रममा बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनु पर्ने भन्ने नाडाको सुझावलाई माननीय मन्त्रीज्यूले गम्भिरतापूर्वक लिएको बताउनु भयो ।
सोही छलफलको क्रममा खुल्ला सीमानबाट नेपाली बजारमा स्पेयर पार्टस, टायर तथा लुव्रिकेण्टसको अनधिकृत रुपमा आयात भईरहेकोले बैधानिक तरिकाबाट आफनो व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय निरन्तर रुपमा घटदै गएकोले सीमामा मात्र नभई सीमा वाहिरका नाकारुमा समेत कडाईसाथ जाँच गरिनु पर्ने भन्ने नाडाको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने आश्वासन समेत दिनु भयो ।छलफलको अन्त्यमा माननीय अर्थमन्त्री पुनले नाडाकोतर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरुप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताउनु भयो । उक्त छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
