• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
  • २३ घण्टा 

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • २४ घण्टा 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • १ दिन 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • १ दिन 

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • २. विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

  • ३. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ४. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • ५. लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

  • ६. टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

  • ७. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ८. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • ९. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • १०. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

प्रतिनिधि सभाको तेस्रो अधिवेशनले के के काम गर्यो ?

जानकारी केन्द्र २०८१, बैशाख, २

काठमाडौँ । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।  सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका छन् ।

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको बताए ।

प्रतिनिधि सभाको तेस्रो अधिवेशनले गरेका काम:

१- मा० सदस्यहरु, प्रतिनिधि सभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई आज २०८१ साल वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु रह्यो । जसमध्ये २३ दिनहरुमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो ।

२- प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (५) को व्यवस्था बमोजिम मिति २०८० फागुन ६ गते र चैत ६ गतेको बैठकहरुमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रममा २६ जना मा० सदस्यहरुले सोध्नु भएको प्रश्नको सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जवाफ दिनुभएको थियो ।

३- सभाको पहिलो बैठकमा पेश भएको “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०” लाई मिति २०८० फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो । त्यसैगरी सभाको पहिलो बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेश भएको थियो ।

४- मिति २०८० फागुन ३० गतेको बैठकमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ को उपनियम (४) बमोजिम राख्नुभएको प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएको थियो ।

५- सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौताहरु मध्ये “विमस्टेक वडापत्र ९द्यक्ष्ःक्त्भ्ऋ ऋजबचतभच०” लाई मिति २०८० चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने “अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता ९ँचबmभधयचप ब्नचभझभलत यल तजभ भकतबदष्किजmभलत या तजभ क्ष्लतभचलबतष्यलब िक्यबिच ब्ििष्बलअभ ९क्ष्क्ब्००” माथिको सामान्य छलफल समाप्त भईसकेको छ ।

६- त्यसैगरी मिति २०८० फागनु १४ गतेको बैठकमा पेश भएको आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि मिति २०८० चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरुमा छलफल गरिएको थियो ।

७- सभाको यस अधिवेशनमा प्रतिनिधि सभामा ५ वटा सरकारी विधेयक दर्ता भएको थियो जसमध्ये “निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०” समितिमा विचाराधीन रहेको छ, “संघीय निजामति सेवा विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ, “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०” र “बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०” सभामा प्रस्तुत भएका छन् भने “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०” दर्ता मात्रको स्थितिमा रहेको छ । साथै सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक” माथि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ  ।

त्यसैगरी यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको छ । त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये “अनुगमन तथा मूल्याङकन विधेयक, २०७६” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । यसरी सभाबाट यो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएका छन् ।

८- त्यसैगरी प्रतिनिधि सभाको चालू अधिवेशनमा मा० सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा मौखिक र २ वटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएकोमा सभाको २०८० चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरुको सम्बन्धित मा० मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो ।

९- यस अधिवेशनमा प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको “महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०” पेश भयो ।१०- सभाको यस अधिवेशनमा प्रतिनिधि सभा सदस्य मंजु शर्मा अन्सारी र संविधान सभा सदस्य केशव कुमार बुढाथोकीको निधन भएकोमा शोक प्रस्ताव पारित भएका थिए ।

११- सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयहरुमा सभाका मा० सदस्यहरुले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाहरुको सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको थियो ।

१२- यसैगरी प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम (२) बमोजिम सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई पटक, माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले दुई पटक र माननीय खानेपानी मन्त्री महिन्द्र राय यादव एवं माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.