नेपालको एक मात्र ६२० रेञ्ज दिने प्रिमियम इ भि यस यु भि सार्वाजनिक, पहिलो पटक ९ वटा डेलिभरी
काठमान्डौ , बिगत ७ वर्ष देखि नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन बिक्रि गर्दै आएको जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको बिश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभि’ नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ‘इभी यसयुभि’ आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमास्थित स्काईवेल शोरुमको समुदघाटनका साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ।उक्त समारोहबीच नेपालस्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सियु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गरी गाडिको सार्वजनिक गरिएको थियो ।

नेपालमा उपलब्ध गाडी मध्ये सबै भन्दा धेरै सिंगल चार्जमा ६२० कि.मि. रेञ्ज दिने दावि सहित नेपालमा बिक्रि सुरु गरीएको स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभि’ मा ८६ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर पाउन सकिन्छ । चिनियाँ एनक्याप टेष्टमा ५ स्टार रेटिङ पाएको ईटी-५ मा आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।गाडी सार्वजनिक गर्दै ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निस् शुल्क वीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए ।
विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ ।स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने बताउँदै कम्पनीले स्काईवेल ईटि५ नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाए ।जी मोटर्सले काठमाडौँ र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ । जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन् ।

सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
