चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरवाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।
एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।
अब चिनियाँ आईफोनमा व्हाट्सएप चल्दैन
चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट व्हाट्सएप र थ्रेड हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ ।
समाचार अनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो। तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।
चीनको साइबर स्पेस एडमिनिस्ट्रेशनको निर्णय
पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट व्हाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ।’ एप्पलले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामीले जुन देशमा काम गर्छौं त्यसको नियम पालना गर्नुपर्छ, चाहे हामी उनीहरुको नियमसँग सहमत होस् वा नमानौं।’
यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अब यो हेर्न बाँकी छ कि मेटाले चिनियाँ सरकारसँग वार्ता गर्छ र यसको एप चीनको एप स्टोरमा पुनः सूचीबद्ध गर्न नियमहरू परिवर्तन गर्छ कि गर्दैन ।
सम्बन्धित समाचार
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
