Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

आफुले गरेको गल्ती किन देख्दैनन् मानिस -जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, माघ, ६

रोशन पोखरेल, राैतहट
विहानको समयमा कुखुरा कराएर उज्यालो भएको सन्देश दिन्छ तर भुकम्प कुन बेला र कँहा जान्छ भनेर थाहा पाउन सकिन्न। बाघको अगाडी परे मार्छ तर भुकम्प जादा हामी आफैले बनाएको कमजोर संरचनाले प्राण लिन्छ। मान्छे आफ्नै कारणले परलोक जान बाध्य हुन्छ तर पनि गल्तीको महशुस गर्दैन। वन फडानी गर्छ तर त्यसले निम्त्याउने बाढी, पहिरो बारे सोच्दैन र पछि क्षति व्यहोर्न वाध्य हुन्छ। यो वर्ष हामी नेपालीले भुकम्पका कारण धेरै जनधनको क्षति व्यहोर्यौ भनेर भनिन्छ तर हामीले भवन निर्माण गर्दा गुणस्तरीय वस्तुको प्रयोग गर्नुपर्नेमा नजर अन्दाज गरिरहेका छौ। शताव्दीमा एक पटक ठुलो भुकम्प जान्छ अहिलेको गइ गयो भन्ने सोचका साथ निर्माण गरिएको संरचना भग्नावशेषमा परिणत हुदा समेत सृष्टिको वुद्दीमान प्राणी मानिने मानवमा चेतना आएको पाइदैन। सरकारी लगानीमा निर्माण भएका निर्माण कार्यमा व्यापक भष्ट्रचार हुन्छ तर निजी क्षेत्रले वनाएका भवन हेर्दा लाग्छ दुई पाङ्ग्रे गाडीमा दश जनाको यात्रा ।

Top Changing Nepal

युट्युब सट्स