शान्ति मिसनमा सुडान गएका युवाद्वारा आत्महत्या
काठमाडौं । शान्ति मिसनमा गएका एक नेपाली सेनाले आत्महत्या गरेका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिण सुडान शान्ति मिसनमा गएका अमल्दार रामबहादुर बाँठाले आत्महत्या गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जाजरकोटको खलंगा गाउँपालिका ६ निवासी श्री शेरगण बाह्रौँ डफ्फाका अमल्दार बाँठा हिजो मृत भेटिएका हुन् । उनको शव दक्षिण सुडानको रुम्बेकस्थित गण हेटक्वाटरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको सेनाको निमित्त प्रवक्ता एवम् महासेनानी अशोक गुरुङले जानकारी दिए ।
शवको पोष्टमार्टम रिपोर्ट नआए पनि घटनाको प्रकृति हेर्दा हत्या जस्तो नदेखिएको चिकित्सकको भनाइलाई उद्यृत गर्दै महासेनानी गुरुङले बताए । अहिले मृतक बाँठाको शव पोष्टमार्टम र अनुसन्धानका क्रममा रहेको सेनाले बताएको छ । पोष्टमार्टमपछि उनको शव स्वदेश ल्याउने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता