रक्त अभाव भएपछि आकस्मिक रक्तदान
इटहरी । कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभावलाई मध्यनजर गर्दै डिजिटल पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।सुनसरीको इटहरीमा शनिवार पेन्टस् ले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बजारमा पृथक् पहिचान बनाएको डिजिटल पेन्टसले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले व्यवसायीहरूमा आर्थिक मन्दीको चपेटामा परेको बताए । उनले ब्यावसायीलाई चौतर्फी आक्रमण भइरहँदा सरकारले समेत व्यवसायीको संरक्षण गर्न नसकेको भन्दै आक्रोश पोखे ।
कार्यक्रममा रेडक्रस सोसाइटी इटहरीका पूर्व सभापति विमल पौडेलले कोशी प्रदेशमा रगतको अभाव भइरहँदा सबै जिल्लाहरूमा बृहत् रक्तदान गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
तीन वर्ष अघिदेखि सुनसरीको इटहरीमा सञ्चालनमा आएको डिजिटल पेन्टस् ले सामाजिक उत्तरदायित्वका कामहरूलाई तीव्रता दिएको छ ।धरान उपमहानगरपालिकाको मुख्य चोकमा रहेको घण्टाघरको रंगरोगनदेखि लिएर कुम्भमेला रंगरोगनलगायत कार्यहरूमा डिजिटल पेन्टसले उत्तरदायित्व अन्तर्गत काम गर्दै आएको छ ।
युवाहरू लक्षित गरेर गरिने मेला महोत्सव तथा खेलकुद क्षेत्रमा समेत डिजिटल पेन्टस् ले विभिन्न खाले सहयोग गर्दै आएको कम्पनीका प्रमुख परिचालन अधिकृत मणि कुमार आचार्यले बताए ।
उनले केही समयमै कोशी प्रदेशका विभिन्न डिलरहरूसँगको सहकार्यमा सुनसरी मोरङ, झापा लक्षित भएर स्वास्थ्य शिविर,आँखा शिविर जस्ता सामाजिक कार्यहरू गर्ने योजना बनाएको बताए ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
