आइपिएलमा आज दुई खेल हुदै
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंक हासिल गरेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा ७ खेलमा केवल एक खेल मात्र जितेर खराब प्रदर्शन गरेको छ । अहिलेसम्म ६ खेलमा हार बेहोरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।
त्यसैगरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुदै छ । पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ४ अंकसहित पञ्जाव अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यसैगरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
