प्रथम वडाकप क्रिकेटको उपाधि पिपरहिया ११ लाई, बुधबारबाट मेयरकप
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ६ मा भएको वडा स्तरीय प्रथम टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि पिपरहिया ११ ले जितेको छ । सिद्धार्थनगर नगरपालिका ६ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा गल्लामण्डी लायन्सलाई हराउदै पिपरहिया ११ ले उपाधि जितेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबारको भएको खेलमा व्याटिङ पाएको गल्लामण्डी लायन्सले ८६ रन जोड्न सकेको थियो । ८७ रनको झिनो लक्ष्य पाएको पिपरहिया ११ ले लक्ष्य पार गरि जित निकाल्यो ।
स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष विरेन्द्र नाथ श्रीवास्तवले बताए । ५ टीमको सहभागीता रहेको प्रतियोगितामा जित सँगै विजेताले १० हजार र उपविजेताले ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट खेलाडीबाट सुरज गुरुङ नगद र ट्रफी सहित पुरस्कृत भए । खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव भोलाले पुरस्कार प्रदान गरे ।
कार्यक्रममो उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथी नगरप्रमुख इस्तियाक अहमद खाँ ले प्रतिस्पर्धाका लागि मात्रै नभई खेल स्वास्थ्यका लागि अतिआवश्यक रहेको बताए, रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नगरमा खेलको विकासका लागि स्थानीय स्तरबाट नै खेललाई महत्व दिदै प्रतियोगिताहरु हुदै आएको र निरन्तरता दिने बताए । स्थानीयस्तरमा सञ्चालित यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उनको भनाइ छ । वडासदस्य अनिल गुरुङको संयोजकत्वमा भएको प्रतियोगितामा १३ वटै वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
बुधबारबाट मेयर कप क्रिकेट
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सिद्धार्थनगर (भैरहवा) मा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा वैशाख १२ देखि १४ गते (तीनदिन) सम्म प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ । खेलाडीहरुको प्रोत्साहन, प्रतिभा प्रस्फुटन गर्न र खेलाडी दक्षता बृद्धि गर्दै प्रतिस्पर्धात्मक बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
प्रतियोगितामा १३ वटै वडाबाट १÷१ समूह (टीम) को सहभागीता रहने खेलको संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला मै हुने प्रतियोगिताको विजेता टीमलाई नगद रु ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टीमलाई नगद रु २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको तयारी भइरहेको उनले बताए ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

