सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।
उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षिय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् ।
उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् । उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

