सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।
उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षिय सुनिलले जारी आइपिएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् ।
उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इन्डिजका लागि खेलेका थिएनन् । उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इन्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इन्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
