• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ७ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २२ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २२ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

दिउँसो सुत्ने बानीबाट फाइदा तथा बेफाइदा के हुन सक्ला ?

जानकारी केन्द्र २०८१, बैशाख, १३

काठमाडौं । दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ। तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो। अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ। रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ।

किन सुत्ने दिउँसो ?

प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ। तर, केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ।
दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ। काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र निदाउने गर्छन्। यस्तो बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ। दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन्।

त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ। यदि तपाईं पनि आफ्नो दिउँसो सुत्ने बानीबाट चिन्तित हुनुहुन्छ भने बुझिराख्नुहोस् यो नराम्रो बानी होइन बरु धेरै राम्रो बानी हो।

दिँउसो सुत्ने बानीसँग जोडिएका तथ्यहरुः

१. मानसिक थकान टाढा हुन्छ

जो मानिस दिउँसोको समयमा १५-३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ। त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ।

२. दिउँसोको निन्द्राले अल्छीपना भगाउँछ

दिउँसो सुत्ने मानिसहरु माथि युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको एक शोधमा यो बानीले अल्छीपना भगाउने तथ्य पत्ता लगायो। शोधको नेतृत्व गरेका मासाइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार यसले अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत बनाउँछ।

जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ।

३. व्यायामपछि तुरुन्त नसुत्नुहोस्

दिउँसो सुत्ने मानिसहरुमाथि भएको एक शोधमा वर्क आउटपछि तुरुन्त सुत्नु राम्रो कुरा नभएको कुरा पनि अगाडि आएको छ । किनभने व्यायामपछि दिमागले तिव्र रुपमा काम गर्न थाल्छ। जस कारण निद्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि सुत्नुपर्छ।

४. निन्द्रा लागेपछि मात्रै सुत्नुहोस्

यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन। यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस्।

मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ ?

आम रुपमा हरेक मानिसलाई एक दिनमा ७-८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ । तर, यसको लागि कुनै सामान्य नियम हुँदैन।साना बच्चाहरुलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ। ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ।

यसैगरी १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सकहरु बताउँछन् ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ । त्यसैले वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ। त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ। यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्याहरु आउँछन्। थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.