पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बने चार किर्तिमान
काठमाडौँ । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले रनको बर्षा गरिरहेका छन् । गएराती सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको बर्षा भएको छ ।
कोलकोताले दिएको २६२ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा नै २ विकेट गुमाएर पुरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो ।
यस रिपोर्टमा यस खेलमा बनेका केहि रेकर्डको बारेमा चर्चा गर्दैछौं ।
१. पञ्जाव किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ । यस अघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पुरा गरेको थियो । पञ्जाव किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ ।
२. त्यसैगरी आइपिएलको इतिहासमा यो अहिलेसम्मको ठुलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जावले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आइपिएलमा कोलकोताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।
३ . यस खेलमा आइपिएलको इतिहासमा एक इनिंगमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ । पञ्जावले आफ्नो इनिंगमा २४ छक्का प्रहार गरेको थियो ।यसअघि यसै आइपिएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिंगमा २२-२२ छक्का प्रहार गरेको थियो ।
४. त्यसैगरी यस खेलमा आइपिएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ । यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो । यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८-३८ छक्का प्रहार भएको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
