ओमोडा बन्यो युरोपमा नै उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि
काठमाडौं १४ वैशाख—अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा, युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनि बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा, ओमोडा ले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै आफ्नो अत्याधुनिक सक्षमता प्रदर्शन गरेको छ भने विश्वव्यापी धेरै नेताहरूलाई विद्युतीय भविष्यतर्फ अघि बढ्न आकर्षित र विश्वस्त गरेको छ।
गत १९ अप्रिल २०२४ मा, स्पेनमा आयोजित उद्घाटन समारोहमा, स्पेनका राष्ट्रपति श्री ‘पेड्रो सान्चेज पेरेज-कास्टेजन’को प्रत्यक्ष्य उपस्थिति सहित अन्य युरोपेली प्रभावशाली नेताहरूको उपस्थितिमा ओमोडा को पहिलो युरोपेली फ्याक्ट्रि प्लान(योजना) सार्वजनिक गरिएको थियो ।
यसअघि फेब्रुअरी २०२४ मा स्पेनको म्याड्रिडमा आयोजित समारोहमा ओमोडा को पहिलो ‘अल-इलेक्ट्रिक क्रसओभर एसयुभि ओमोडा इ फाइभ को स्पेनिस बजारमा सार्वजनिक गरिए सँगै ओमोडा युरोपको बजारमा प्रवेश गर्ने ‘चेरी ग्रुप’को पहिलो ब्रान्ड बनेको थियो ।
नेपालमा गत फेब्रुअरीमा सार्वजनिक गरिए देखि ओमोडा इ फाइभ ले अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजि, दक्ष र इन्टिलिजेन्ट पर्फमेन्स र फ्युचरिस्टिक डिजाइन स्टाइलका लागि विश्व र नेपाली बजारबाट उच्च प्रशंसा पाइरहेको छ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडको बारेमा: एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

