Jankari Kendra
१० श्रावण २०८३, आईतवार

पर्सा प्रहरीद्वारा मध्यराती गोली हानेर गोठाटार हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, बैशाख, १७
पर्सा प्रहरीद्वारा मध्यराती गोली हानेर गोठाटार हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारमा गोली हानी हत्या गरिएका अभियुक्त पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले वीरगञ्जमा गोली हानी सो घटनाका अभियुक्त पक्राउ गरेको हो ।

घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको छ ।

पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।

प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए । उनी मारिएपछि भारतीय सञ्चार माध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।

उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मद बारे भारतीय पक्षले चासो राख्दै आएको थियो । उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ । उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।

युट्युब सट्स