Jankari Kendra
१० श्रावण २०८३, आईतवार

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, बैशाख, १७
रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

काठमाडौँ । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन्।

आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो। महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए।

युट्युब सट्स