प्रहरी महानिरीक्षकबाट अमेरिका र वेस्ट इन्डिज जान लागेका खेलाडीलाई शुभकामना सहित विदाइ
काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गर्नुभएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गर्नुभएको छ । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उहाँले बताउनुभयो ।
यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय टिमलाई बिजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
