अम्पायरसँग बहस गरेका राजस्थानका कप्तान सामसनलाई कारवाही
काठमाडौँ । जारी आइपिएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ । गएराती सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई जरिवाना लगाएको हो । दिल्लीविरुद्धको खेलमा सामसन विवादस्पद रुपमा आउट भएका थिए । अम्पायरले विवादस्पद रहेको आउटलाई थर्ड अम्पाएरसँग सल्लाह नगरी आउट दिएको भन्दै बहस गरेका थिए ।
खेलको १६औं ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जु सामसनले बलियो शट प्रहार गरे, बल सीधा छक्कामा जाँदै थियो तर बाउन्ड्रीमा पोस्ट गरिएका शाइ होपले त्यसलाई क्याच गरे । यस क्रममा उनले आफूलाई सीमाना छुनबाट जोगाएको देखियो । सामसन पनि डगआउटतिर जान थालेको बेला क्याच आउटको भिडियो रिप्लेमा प्ले भयो, त्यसपछि विकेटकिपर ब्याट्सम्यान अम्पायरसँग कुरा गर्न आए ।
राजस्थानले २० रनले हारेको यो खेल अम्पायरको सोहि निर्णयका कारण हारेको भन्दै सामाजिक सञ्जालमा अम्पाएरको आलोचना भइरहेको छ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
