आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
