भोलि साँझ ग्रहचक्रमा जुर्दैछ गज्जबको संयोग, निरन्तर एक महिना यी राशिलाई मिल्नेछ लाभ नै लाभ !
एजेन्सी । ग्रह मण्डलीका राजाको सूर्यदेव मंगलबार राशि परिवर्तन गर्दैछन्। सूर्यदेव मंगलबार साँझ ६ बजेर १९ मिनेटआ मेष राशिको परिक्रमा पूरा गरेर वृष राशिमा प्रवेश गर्नेछन्। सूर्यलाई पिता, नेत्र, राज्य, ऊर्जा, ज्ञान, आत्मा, रुचि, आत्मविश्वास, तपस्या, सरकारी जागिर आदिका लागि जिम्मेवार ग्रह मानिन्छ।
वृष राशिमा सूर्य शत्रु क्षेत्र बने पनि सूर्यले पूर्ण प्रभाव दिन सक्नेछ । बृहस्पति वृष राशिमा यस अगाडि देखि नै रहेका कारण गुरुआदित्य नामको योग बन्नेछ। जसले सबै जीवित प्राणीहरूलाई असर गर्नेछ।
मेष राशि : मेष राशिका लागि सूर्य पाँचौं घरको कारक हुने र दोस्रो भावमा गोचर हुनेछ। यस्तो अवस्थामा बुद्धिको शक्ति धनको स्रोत बन्नेछ। आँखाको समस्यामा खर्च वा तनाव बढ्न सक्छ। पारिवारिक काममा मनमा उत्साह रहनेछ। वाणी व्यावसायसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल रहनेछ। बौद्धिक क्षमताको विकास हुनेछ । सन्तानको पक्षबाट शुभ समाचार प्राप्त हुनेछ ।
वृष राशि : वृष राशिका लागि सूर्य वृष राशिमा सुखको कारकको रूपमा गोचर हुनेछ । यस्तो अवस्थामा व्यक्तित्वमा सुधार आउनेछ । सरकारी लाभको सम्भावना रहनेछ। मनोबल उच्च रहनेछ। घर तथा सवारी साधनको सुविधाबाट लाभ उठाउन सकिनेछ। मातापिताको संगतमा बसेर सुख प्राप्त गर्न सकिनेछ। दाम्पत्य जीवनमा सामान्य तनाव वा अवरोधको स्थिति आउन सक्छ। प्रेम सम्बन्धमा विवाद हुन सक्छ।
मिथुन राशि : मिथुन राशिका लागि सूर्य बहादुरीको कारक हुने र खर्चको घरमा गोचर रहनेछ। यस्तो अवस्थामा आँखा दुख्ने सम्भावना रहन्छ। लामो दुरीको यात्राको सम्भावना छ । आफ्नो पराक्रम बढाउन वा देखाउनमा खर्च हुन सक्छ, अचानक खर्च बढ्ने सम्भावना छ। प्रतिस्पर्धामा विजयको स्थिति आउन सक्छ। दाजुभाइ तथा आफन्तजनमा मनमुटाव आउन सक्छ । मिहिनेतमा कमी आउन सक्छ ।
कर्कट राशि : कर्कट राशिका लागि सूर्य धनको कारक हुनेछ र लाभ घरमा गोचर हुनेछ। यस्तो अवस्थामा धन सम्बन्धी कार्यमा प्रगति हुन्छ । आर्थिक गतिविधिमा सुधार। आकस्मिक धन लाभ । बौद्धिक क्षमताको आधारमा धन आर्जनको अवसर मिल्नेछ । सन्तानको सम्बन्धमा सामान्य प्रगति सम्भव छ । अध्ययन र अध्यापनमा सकारात्मक प्रगतिको सम्भावना रहनेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । वाणी सम्वन्धी काममा प्रयास गर्ने वा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्नेछन्।
सिंह राशि : सिंह राशिका लागि सूर्य मुख्य कारक ग्रह रहनेछ र दशम भावमा गोचर हुनेछ। यस्तो अवस्थामा सामाजिक पद, प्रतिष्ठा र इज्जत बढ्नेछ। मिहिनेतमा वृद्धि हुने सम्भावना छ । नोकरी तथा व्यवसायमा प्रगति हुनेछ । सरकारी जागिरको लागि प्रयास गर्नेहरूका लागि लाभको सम्भावना छ। छाती दुख्ने सम्भावना रहन्छ। घर तथा वाहन सुखको सम्भावना रहनेछ। मनोबल उच्च रहनेछ।
कन्या राशि : कन्या राशिका लागि सूर्य खर्चको कारक रहनेछ र भाग्यको घरमा गोचर हुनेछ। यस्तो अवस्थामा तपाईको काममा भाग्य कम हुनेछ । बहादुरीमा वृद्धि हुनेछ। बुवाको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। दाजुभाइ, दिदीबहिनी तथा साथीभाइबाट सहयोग मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीमा खर्चको अवस्था आउन सक्छ। धार्मिक कार्यमा खर्च हुने सम्भावना छ । यात्रा खर्चमा अचानक वृद्धि हुन सक्छ।
तुला राशि : तुला राशिका लागि सूर्य लाभको कारक हुनेछ र आठौं घरमा गोचर हुनेछ। यस्तो अवस्थामा लाभ भङ्ग योग बन्नेछ। फलस्वरूप, लाभ र परिणाम प्राप्त गर्न थप श्रम आवश्यक हुनेछ। तनावका कारण आँखामा समस्या आउन सक्छ । पारिवारिक काममा वृद्धि हुन सक्छ। पारिवारिक कार्यमा खर्च हुनसक्छ । पेटको समस्याले सामान्य तनाव निम्त्याउन सक्छ। कार्यस्थलमा सामान्य अवरोधको स्थिति आउन सक्छ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

