मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका जातकका लागि जेठ महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिका लागि जेठ महिनामा राम्रो फल मिल्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशिका लागि जेठ महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । रमाइलो भेटघाट हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको उत्तरार्धबाट अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिको लागि यो महिनामा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका जातकका लागि जेठ महिनामा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महिनाको मध्यबाट नसोचेको ठाउँबाट धनागम हुनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि जेठ महिनामा धार्मिक कार्य वा शुभ कार्य हुनेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिका लागि जेठ महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशिका लागि जेठ महिना शुभ र नयाँ कार्यको थालनी हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहन लाभ हुने समय छ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिनामा शुभकार्यमा सरिक भइनेछ । लामो यात्रा सुखद् र सफल हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिको लागि यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग समेत रहेको छ । (अधिक जानकारीको लागि 977-9849559502)
ज्यो.प. नारायणप्रसाद दुलाल







