जीहोको एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प सञ्चालनमा, यस्ता छन अफर
काठमाडौं । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक ५ दिने सट्टापट्टा क्याम्प सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ । जीहोको एई ६ प्लस, एई६ प्लस एलआर (डबल ब्याट्री) र एई ८ मोडल हाल उपलब्ध छन् ।
यस क्याम्पमा भने कम्पनीले एई ६ प्लस र एई ६ प्लस एलआरलाई लक्ष्यित गर्दै आकर्षक अफर ल्याएको र क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुटका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुने जस्ता कार्यक्रम समेत उपलब्ध गराउने कम्पनीले बताएको छ ।
दुई पांग्रे ईभी बजारमा छोटो समयमै आफ्नो बलियो उपस्थिति जनाउन सफल जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्स फिचरका साथ उपलब्ध छन् ।
जीहो एई ६ प्लसमा ५.५ किलोवाटको पिक पावरको साइड मोटर दिइएको छ, जसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । यसमा १.८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ, जसको अधिकतम रेन्ज ७० देखि ९० किलोमिटर रहेको र एई ६ प्लस एलआर (डबल ब्याट्री) मा ३.६ किलोवाट आवरको दुई वटा ब्याट्री पाइन्छ, जसको अधिकतम रेन्ज १६० किलोमिटर रहेको कम्पनीको दाबी छ ।
यी स्कुटरमा जीहो राइड एप्सको सहायताले राइडरले आफ्नो स्कुटरको सम्पूर्ण जानकारी मोबाइलमै पाउन सक्छन् । जीहोको आफ्नै ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) दिइएको स्कुटरले प्रयोगकर्तालाई ब्याट्री सुरक्षा तथा सवारी साधनको सुरक्षामा शतप्रतिशत ग्यारेन्टी दिने हुँदा यी स्कुटर अन्य ईभी स्कुटर भन्दा फरक रहेको जानकारी कम्पनीले दिएको छ ।
यी स्कुटरमा क्रुज कन्ट्रोल, गाइड मी होम, स्लोप हिल असिस्टेन्ट, पार्क असिस्टेन्ट, सिट र स्ट्यान्ड सेन्सर, वेदर प्रोटेक्टेड सिट, आईपी६७, ६ विभिन्न कलर ट्रिम च्वाइस रहेका छन् । जीहोका यी मोडलहरुमा मोटरमा २ वर्ष, ब्याट्रीमा ३ वर्ष तथा कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी दिइएको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
