राजविराजको घरेलु कार्यालय जलमग्न, कामकाज प्रभावित
राजविराज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजमा बुधबार पानी पस्दा जलमग्न भएको छ । बुधबारदेखि भएको वर्षाका कारण कार्यालय जलमग्न भएपछि कामकाज नै प्रभावित बनेको छ । कार्यालय परिसरमा वर्षाको पानी जमेर आवतजावतमा समेत समस्या भएपछि पम्पिङसेट लगाएर पानी फाल्नुपरेको घरेलु तथा साना उद्योग कार्यालय राजविराजले जनाएको छ ।
वर्षाको पानी कार्यालय प्रमुख आवास, स्टोर शाखा, फायल फाँट, स्टाप कोठामा छिरेका कारण काम गर्नमा समस्या भएको कार्यालय प्रमुख रेखाकुमारी यादवले जानकारी दिइन् । सम्भावित वर्षालाई मध्यनजर गरी कोठाभित्र पानी नछिरोस् भन्ने हेतु प्रारम्भीक चरणको मर्मत कार्य गर्दासमेत वर्षा भएपछि पानी रोक्न नसकिएको कार्यालय प्रमुख यादवले बताइन् ।गत वर्ष पनि यस्तै समस्या भोग्न परेको र तत्कालका लागि टस हालेर छुट्टै भवन निर्माण थालनी गरिएको भएपनि बजेट अपुग भएर काम अधुरै रहेको कार्यालय प्रमुख यादवको भनाइ छ ।
स्टोर शाखा प्रमुख शाखा अधिकृत कमलनारायण साहले कोठाभरी पानी जमेका कारण कागज पत्रलाई सुरक्षित राख्नसमेत समस्या भइरहेको बताए । वर्षाबाट भोग्नुपरेको समस्याका बारेमा मन्त्रालयलाई समेत पटक पटक जानकारी गराउँदा पनि अहिलेसम्म केही व्यवस्था नभएको स्टोर शाखा प्रमुख साहले जानकारी दिएका छन् । पुरानो भवन हुनुका साथै सडकभन्दा कार्यालय परिसरको लेबल तल रहनाले वर्षा हुनासाथ घरेलु तथा साना उद्योग कार्यालय जलमग्न हुँदै आएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

