१३ वर्षीया बालिकालाई बलात्कार, प्रहरी निरीक्षक पुर्पक्षका लागि थुनामा
काठमाडौं । आफ्नो घरमा काम गर्न राखिएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी स्वयम्भूमा बस्दै आएका थिए ।
बालिकाको उजुरीपछि प्रहरीले गएको जेठ २३ गते उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकाले आफूलाई शिवाकोटीले विगत तीन वर्षदेखि पटक पटक जबरजस्ती करणी गर्दै आएको आरोप लगाएकी छिन् ।
उनी ६ वर्षको उमेरदेखि शिवाकोटीको घरमा काम गर्न बसेको पाइएको छ । बालिकाले काठमाडौं जिल्ला अदालतमा शिवाकोटीले १० वर्षको उमेरदेखि १३ वर्षको उमेरसम्म आफूलाई पटक पटक जबरजस्ती करणी गरेको बयान दिएकी छन् ।
शिवाकोटीको अत्याचार सहन नसकेपछि बालिकाले गएको जेठ २३ गते काठमाडौं महानगरपालिकाको महानगर बाल अधिकार समितिका एक सदस्यलाई फोन गरेर उद्धारका लागि आग्रह गरेकी थिइन् ।
बालिकाको सूचना अनुसार महानगरको टोलीले सोही दिन शिवाकोटीको घरमा पुगेर बालिकाको उद्धार गरेको थियो । शिवाकोटीले श्रीमती नभएको बेलामा आफूलाई जबर्जस्ती करणी गर्ने गरेको बालिकाको आरोप छ ।
शिवाकोटीले श्रीमती निदाइसकेपछि पनि आफ्नो कोठामा आएर पटक पटक करणी गरेको बयान पनि बालिकाले दिएकी छिन् । स्वास्थ्य परीक्षणमा पनि शिवाकोटीले बालिकामाथि जबरजस्ती करणी गरेको पुष्टि हुने आधार भेटिएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता अनुसार आरोप पुष्टि भए शिवाकोटीलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ । त्यसैगरी उनले पीडित बालिकालाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने कानुनी व्यवस्था छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

