साउनमा राशि अनुसार भोलेनाथलाई अर्पण गर्नुहोस् प्रसाद, सबै समस्याको हुनेछ अन्त्य
एजेन्सी । साउन महिनामा भगवान शिवको आराधना गर्नाले भगवान शिव निकै प्रसन्न हुन्छन् र शिव भक्तहरु सधैं यसै महिनाको पर्खाइमा रहने गर्दछन् । साउन महिनामा भक्तजनहरुले आआफ्नो तरिकाले बाबा भोलेनाथलाई प्रसन्न पार्न पूजा–आराधना गर्ने गर्दछन् ।
साउनमा पूजासँगै भोजनको पनि महत्व छ । राशि अनुसार भोलेनाथलाई भोजन अर्पण गर्नाले धेरै प्रसन्न हुन्छन् । तसर्थ, कुन राशिका लागि साउनमा के चढाउनु पर्छ, जानौं ?
मेष राशिका मानिसहरूले लड्डु चढाउनुहोस् । लड्डुसँगै चना पनि राख्न सकिन्छ । यस्तै वृष राशि भएका व्यक्तिहरूले दहीको प्रयोग गर्नुपर्छ । भोलेनाथ यसबाट खुसी हुनेछन् । यसैगरी मिथुन राशिकाले भगवान भोलेनाथलाई जुलेबी अर्पण गर्नुहोस् ।
कर्कट राशि भएकाले भगवान भोलेनाथलाई उखुको रसले अभिषेक गर्नुका साथै भोग पनि चढाउनुहोस् । सिंह राशिका व्यक्तीहरुले भगवान भोलेनाथलाई खीर चढाउनुहोस् । साथै कन्या राशिका व्यक्तीहरुले भगवान भोलेनाथलाई मालपुआ चढाउनुहोस् ।
यसैगरी तुला राशिकाले भगवान भोलेनाथलाई पञ्चामृत अर्पण गर्नुहोस् । वृश्चिक राशिकाले भगवान भोलेनाथलाई लड्डू चढाउनुहोस् । धनु राशिकाले भगवान भोलेनाथलाई पेडा चढाउनुहोस् ।
त्यस्तै मकर राशिकाले भोलेनाथलाई चिनी चढाउनुहोस् । कुम्भ राशिकाले भगवान भोलेनाथलाई हलवा र पुरी चढाउनुहोस् । त्यसैगरी मीन राशिका व्यक्तीहरुले भगवान भोलेनाथलाई थेकुआ चढाउनुहोस् ।
यसबाट सबै प्रकारका रोग, दोष, कष्ट, दुख, काल र दरिद्रता हट्नेछ । पूजासँगै प्रसाद अपर्णको विशेष महत्व छ । यदि कुनै व्यक्तिले भगवान शिवको इच्छा अनुसार प्रसाद चडाएमा भगवान शिव एकदमै प्रसन्न हुन्छन् र कुंडलीका दोषहरू पनि हट्छन् ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

