Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

एनआइसी एसिया क्यापिटलको खुद नाफा १२ करोड १० लाख

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, श्रावण, १४
एनआइसी एसिया क्यापिटलको खुद नाफा १२ करोड १० लाख

काठमाडौं । एनआइसी एसिया क्यापिटलले गत आर्थिक वर्ष ०८०/८१ मा १२ करोड १० लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा पनि आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको जनाएको छ । समीक्षा अवधिको नाफा अघिल्लो आवको तुलनामा १६.१२ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ६०.५० रुपैयाँ कायम छ ।

कम्पनीले गत आवको असार मसान्तसम्म एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत पाँचवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजना सञ्चालन गरिरहेको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि नै उत्साहजनक लाभांश वितरणसमेत गरेको जनाएको छ । साथै, कम्पनीले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडिया टु आइपिओ’ सेवासमेत सञ्चालन गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स