मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल
जानकारी केन्द्र
२०८१, भाद्र, ३०
काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।
मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए ।
यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो । यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यसै गरि फिलाडेफियाको भने २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

