सुनको मुल्य हालसम्मकै उच्च
जानकारी केन्द्र
२०८१, आश्विन, ८
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
१२.७९ अंकले घट्यो नेप्से, ४ अर्ब ७५ करोडको कारोबार
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
नबिल बैंक नवौँ पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक
सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १ हजार ९ सयले घट्यो
