विनिमयदरः डलर, युरो र पाउण्ड संगै अधिकांस मुद्रको भाउ बढ्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा युको भाउ ०५ पैसाले बढेको छ । यसअघि मंगलबार डलरको खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो ।
बुधबार युरोपियन युरो २६ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको छ । मंलबार भने युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा तोकिएको थियो ।
बुधबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसाले बढेको हो । यसअघि मंगलबार पाउण्डको खरिदमूल्य १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा कायम थियो ।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ १३ पैसा र बिक्रीदर ३० रूपैयाँ २६ पैसा कायम गरेको छ ।
यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ३२ र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५९ रुपैयाँ १० पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
