‘तेल भिसा’ र ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । शंकर घिमिरे निर्देशित ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ आजदेखि प्रदर्शनमा आएका हुन्।
‘तेलभिसा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने पछिल्लो समयकी चर्चित अभिनेत्री वर्षा राउत र अभिनेता बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । त्यस्तै फिल्ममा अभिनेत्रीहरू ऋचा घिमिरे, पूजा चन्दको पनिमुख्य भूमिका रहेको छ । यो फिल्ममा अभिनेता विपिनको डबल भूमिका छ । फिल्म प्रवासका नेपालीको कथा बनाइएको छ ।
त्यस्तौ लामिछाने निर्देशित ‘अग्निदहन’मा कलाकार प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी र तुलसी क्षेत्रीको अभिनय छ । यो फिल्म नेपाली समाजको अन्धविश्वास बोक्सी कुप्रथाविरुद्धको कथामा बनाइएको छ ।
हाल हलमा फिल्म पूर्ण बहादुरको सारंगी र ह्रश्व दिर्घको दबदबा रहेको समयमा दुवै फिल्मले आफुलाई प्रमाणित गर्ने चुनौती रहेको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

