फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा कति कमायो ?
काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।
बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।
फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख र बुधबार ७५ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
