माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
काठमाडौँ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।
माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालिबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।
विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो । माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।
माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१र०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ५३।९६ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५८।७७ रुपैयाँ रहेको छ । मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८र०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७९र०८० मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०।७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
