धरहराको पहिलो दिनको आम्दानी १ लाख २० हजार बढी
काठमाडौँ । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ । धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढन शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो ।
यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतवारवाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए । धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।
साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।
धरहरा गत असोज ३ को संबिधान दिवसको दिनवाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । गत शनिवारसम्म धरहरा चढन पैसा नलागे पनि हिजोवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएको हो ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
