यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ १७ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । सोमबार डलको भाउ १३४ रुपैयाँ ८२ पैसामा खरिद र बिक्री १३५ रुपैयाँ ४२ पैसामा भएको थियो ।
मंगलबार युरोपियन युरो को भाउ ६३ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७१ पैसा तोकिएको छ । सोमबार भने युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ४६ पैसा बिक्रीदर १४१ रुपैयाँ ०८ पैसा तोकिएको थियो । मंगलबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको हो । यसअघि सोमबार पाउण्डको खरिदमूल्य १६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७२ पैसा कायम थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ २३ पैसा र बिक्रीदर ३० रूपैयाँ ३६ पैसा कायम गरेको छ । यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ।

सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
