बिट क्ववाइनको मुल्य १ लाख डलर नाघ्यो, कारण ट्रम्पको जित
काठमाडौं । बिट क्ववाइनकोमूल्य पहिलो पटक १ लाख डलरले नाघेको छ। जनवरी २०२४ मा डोनाल्ड ट्रम्पले संयुक्त राज्यको सिंहासन ग्रहण गर्नु अघि बिटक्वाइनको मुल्य १ लाख डलर नाघेको हो ।
क्रिप्टो व्यापारीहरूले ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी मैत्री नीति ल्याउन सक्ने आशा गरेका छन्, जसका कारण बिटक्वाइनमा रेकर्ड वृद्धि देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिटक्वाइन र क्रिप्टोकरेन्सीको पक्षमा दिएको अभिव्यक्तिका कारण बिटक्वाइनको मूल्य बढेको छ ।
उनले मस्कोमा आर्थिक फोरममा भने कि अब कसैले बिटक्वाइन र भर्चुअल सम्पत्तिमा प्रतिबन्ध लगाउन सक्नेछैन।
आज अर्थात डिसेम्बर ५ मा बिटकोइन १०२, ७२७ अमेरिकन डलरमा कारोबार भइरहेको छ । गत नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएदेखि बिटक्वाइनको भाउ बढ्दै गएको छ। चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सी विश्वको राजधानी बनाउने वाचा गरे पछि यसको मुल्य बृद्दी थप भएको हो ।
पल एटकिन्सलाई एसएसी प्रमुख बनाउने सम्भावनाका कारण बिटक्वाइनले पनि गति लिएको जनाइएको छ । सन २०१७देखि एटकिन्सले डिजिटल चेम्बर अफ कमर्सको सह–अध्यक्षता गरिरहेका छन्, जुन डिजिटल सम्पत्तिहरूको प्रयोगलाई बढावा दिने संस्था हो ।
सन् २०२४ मा बिटक्वाइनको मूल्य १३४ प्रतिशतले बढेको छ । जहाँ नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि बिटक्वाइन ५० प्रतिशतले बढेको छ । बर्नस्टेनका विज्ञहरूले २०२५ मा बिटक्वाइनको मूल्य २ लाख डलर हुने भविष्यवाणी गरेका छन् ।
यसको मतलब वर्तमान स्तरबाट यस क्रिप्टोकरन्सीमा दोहोरो वृद्धि हुन सक्छ। ट्रम्पले अमेरिकामा बिटक्वाइन रिजर्भ सिर्जना गर्न सक्छन्, यस्तो अवस्थामा अहिले बिटक्वाइनको कडा खरिद भइरहेको छ । जसका कारण पनि मूल्यमा कीर्तिमानी वृद्धि भएको छ ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
