बिट क्ववाइनको मुल्य १ लाख डलर नाघ्यो, कारण ट्रम्पको जित
काठमाडौं । बिट क्ववाइनकोमूल्य पहिलो पटक १ लाख डलरले नाघेको छ। जनवरी २०२४ मा डोनाल्ड ट्रम्पले संयुक्त राज्यको सिंहासन ग्रहण गर्नु अघि बिटक्वाइनको मुल्य १ लाख डलर नाघेको हो ।
क्रिप्टो व्यापारीहरूले ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सी मैत्री नीति ल्याउन सक्ने आशा गरेका छन्, जसका कारण बिटक्वाइनमा रेकर्ड वृद्धि देखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिटक्वाइन र क्रिप्टोकरेन्सीको पक्षमा दिएको अभिव्यक्तिका कारण बिटक्वाइनको मूल्य बढेको छ ।
उनले मस्कोमा आर्थिक फोरममा भने कि अब कसैले बिटक्वाइन र भर्चुअल सम्पत्तिमा प्रतिबन्ध लगाउन सक्नेछैन।
आज अर्थात डिसेम्बर ५ मा बिटकोइन १०२, ७२७ अमेरिकन डलरमा कारोबार भइरहेको छ । गत नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनावको नतिजा घोषणा भएदेखि बिटक्वाइनको भाउ बढ्दै गएको छ। चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिकालाई बिटक्वाइन र क्रिप्टोकरेन्सी विश्वको राजधानी बनाउने वाचा गरे पछि यसको मुल्य बृद्दी थप भएको हो ।
पल एटकिन्सलाई एसएसी प्रमुख बनाउने सम्भावनाका कारण बिटक्वाइनले पनि गति लिएको जनाइएको छ । सन २०१७देखि एटकिन्सले डिजिटल चेम्बर अफ कमर्सको सह–अध्यक्षता गरिरहेका छन्, जुन डिजिटल सम्पत्तिहरूको प्रयोगलाई बढावा दिने संस्था हो ।
सन् २०२४ मा बिटक्वाइनको मूल्य १३४ प्रतिशतले बढेको छ । जहाँ नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितपछि बिटक्वाइन ५० प्रतिशतले बढेको छ । बर्नस्टेनका विज्ञहरूले २०२५ मा बिटक्वाइनको मूल्य २ लाख डलर हुने भविष्यवाणी गरेका छन् ।
यसको मतलब वर्तमान स्तरबाट यस क्रिप्टोकरन्सीमा दोहोरो वृद्धि हुन सक्छ। ट्रम्पले अमेरिकामा बिटक्वाइन रिजर्भ सिर्जना गर्न सक्छन्, यस्तो अवस्थामा अहिले बिटक्वाइनको कडा खरिद भइरहेको छ । जसका कारण पनि मूल्यमा कीर्तिमानी वृद्धि भएको छ ।
सम्बन्धित समाचार
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
