• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ८ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २२ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २२ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २३ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १ दिन 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ७. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ८. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ९. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • १०. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

नबिल बैंकको ४०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

जानकारी केन्द्र २०८१, मंसिर, २७

काठमाडौँ । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीका नगद लाभांश पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०÷८१ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आ।व। २०८०/८१ मा बैंकको वासलातको आकार १५.७६ प्रतिशतले वृद्धि भई ५ खर्ब ५७ अर्ब ०२ करोड पुगेको हो  ।

त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंकले समुन्नत देश, समाज, शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए ।

नबिलले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांश, बजार पुँजीकरण र जेथामा भएको अभिवृद्धिलाई दृष्टिगत गर्दा, शेयरधनीहरूले बैंकमा सुरु लगानी गर्दाको स्थापनाकालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको छ । यसले ’क’ वर्गका बैंकहरूमध्ये नबिल बैंकले नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा आफ्नो पहिचानलाई निरन्तरता दिन सफल भएको देखिन्छ ।

बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ, जसले यसको उत्कृष्टता र समर्पणलाई प्रमाणित गरेको संकेत गर्छ । बैंकले गत वर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट नेशनल बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट (गोल्ड अवार्ड), साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्सबाट मेरिट सर्टिफिकेट (बेस्ट प्रेजेन्टेड एन्युअल रिपोर्ट) लगायतका सम्मानहरू पनि प्राप्त गरेको छ । त्यस्तै गरि नबिल बैंकले यो वर्ष आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । यो सहित बैंकले वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ आठौं पटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ । नबिल बैंक परिवारले साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी र अन्य सम्बद्ध निकायहरूप्रति आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.