हिरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक, मूल्य कति ?
काठमाडौं । हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरू सार्वजनिक गरेको छ । सार्वजनिक दुई नयाँ बाइकले एक्स्ट्रिम रेन्जमार्फत शक्तिशाली, आकर्षक र उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरेकोे छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ साथै एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको छ । सार्वजनिक यी दुवै मोडल नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जनाएको छ ।
बाइक सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने, ुनेपालका परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेन्जको सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हिरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरूको अनुभवलाई अझ विशेष बनाउनेतिर केन्द्रित छौँ । यो नयाँ उत्पादन पोर्टफोलियोले नेपालका नयाँ पुस्ताका राइडरहरूसँग समन्वय स्थापित गर्दै बजारमा उत्साह फैलाउने र देशभर हाम्रो उपस्थिति विस्तार गर्न अझ बढी मद्दत गर्नेछ ।चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यी दुवै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्ण रूपमा मेल खान्छन् ।
नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत यी मोडेलले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछ । बहुउपयोगिता, स्टाइलिस शैली र उत्कृष्ट कार्यक्षमतामार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरीयात्री तथा एड्भेन्चर प्रेमीहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्नेछ । हिरो मोटोकर्पको विश्वास र नवप्रवर्तनको इतिहास तथा नेपालको भौगोलिक र उपभोक्ताहरूलाई प्राथमिकतामा राख्दै सीजी मोटर्सको अनुभवले यी मोटरसाइकलहरूमार्फत दुईपाङ्ग्रे सवारीसाधनको क्षेत्रमा नयाँ स्तर स्थापित गर्नेमा हामी विश्वस्त छौँ । हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो ।
कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डले नेपालको बजारमा बलियो पकड जमाएका छन् । चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक पनि हो ।
१ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्ड रहेका छन् ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल